शुक्रबार २३ आश्विन, २०८३ (Friday October 09, 2026)

गृहमन्त्रीले भेटे निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मीलाई, होला त न्याए ?

शनिबार ३० पुष, २०७९ nepalexplores 1521


गृहमन्त्रीले भेटे निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मीलाई, होला त न्याए ?

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन् ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् । उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गर्न माग गरेका थिए 


यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । तर अधिकारकर्मीले धर्नाको आन्दोलन कार्यक्रम जारी राखेका थिए । आन्दोलनरत अधिकारकर्मीहरुले न्याए पाउनेमा शंका व्यक्त गरेका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु