सोमबार ४ भाद्र, २०८०
४ भदौ, काठमाडौं ।
सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ ।
प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने गरी मोर्चाले आआफ्नो पार्टी मार्फत विशेष परिपत्र पठाएको स्रोतले जनाएको छ ।
त्यस्तै जिल्ला पार्टी प्रमुख सहित २÷२ जना रहने गरी गठन गर्ने, समन्वय समिति गठन गर्दा समावेशी बनाउन जोड दिने लगायतका विषय सर्कुलरमा समेटिएको बताईएको छ ।
प्रदेश र जिल्ला दुवै स्तरमा सबै दलबाट १÷१ जना प्रतिनिधित्व रहने गरी सचिवालय गठन गरी संचालन गर्न सकिने समेत उल्लेख छ ।
मोर्चाको सोमबार बसेको बैठकले भदौ ८ गतेदेखि २५ गतेसम्म सातै प्रदेशको मुख्यमुख्य शहरमा सभा गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ ।
जसअनुसार बैठकले कार्यविधि र अवधारणापत्र पारित गर्दै सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो ।