मंगलवार १८ मंसिर, २०८१ (Tuesday December 03, 2024)

बीपी राजमार्गमा यात्रुलाई लोभ्याउने रसिलो जुनार

सोमबार ७ फाल्गुन, २०८० nepalexplores 1226


बीपी राजमार्गमा यात्रुलाई लोभ्याउने रसिलो जुनार

७ फागुन,काठमाडौं । 
बीपी राजमार्ग हुँदै आउजाउ गर्नु पर्नेलाइ सोध्नै पर्दैन्। उनीहरुले १,२ किलो झोलामा जुनार त बोकेकै हुन्छन्। २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई ‘कृषि क्षेत्र’को रुपमा विकास गरेर सोही अनुरुप माटो अनुकूल खेती प्रोत्साहन गर्न थाले। सोही अन्तर्गत सिन्धुलीको चिसापानी जुनार उत्पादनका उपयोगी मानियो।

अहिले सिन्धुली र जुनार एकअर्काको पर्याय भएको छ। जुनार भन्नासाथ धेरैले सिन्धुली सम्झिन्छन् र सिन्धुली सम्झनासाथ धेरैले जुनारकै कुरा गर्न थाल्छन्। सिन्धुलीको जुनार जसरी ब्रान्डिङ भइरहेको छ, त्यही अनुपातमा यसको उत्पादन पनि बढ्दो छ । राजमार्ग क्षेत्रमा बिक्री हुने जुनार रामेछापको बिभिन्न भु–भाग बाट पनि आउने गरेको छ।

यस वर्ष मात्र सिन्धुलीमा ९ हजार ९ सय मेट्रिक टन जुनार उत्पादन भएको तथ्यांक छ। जुनारको मुख्य सिजन मंसिरदेखि सुरु भएर फागुनसम्म रहन्छ। बजारमा अहिले जुनारको सरदर मूल्य १२० रुपैयाँदेखि १५० रुपैयाँ प्रतिकेजीसम्म छ।


हालै मात्र काठमाडौंमा सिन्धुलीको असली जुनारको स्वाद चखाउने हेतुले रैथाने र ग्रीन ग्रोथको सहकार्यमा आयोजित मेलामा सिन्धुलीको जुनार र त्यसबाट बन्ने विभिन्न पेय एवं परिकार राखिएको थियो। मेलामा जुनार बाट बन्ने विभिन्न दश किसिमको परिकार उपलब्ध थियो। जस्तो कि, साँधेको जुनार, जुनार केक, जुनार जेली, जुनार जुस। सिन्धुलीको जुनारलाई बजार प्रवर्द्धन गर्न र पारखीलाई असली स्वाद चखाउनका लागि मेलाको आयोजना गरेको ग्रीन ग्रोथका प्रतिनिधिले बताए।

सिन्धुली–बर्दिबास राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुलाई जुनारले लोभ्याउन थालेको छ। नागबेली राजमार्ग जुनारै–जुनारले हराभरा भएको छ। हरेकजसो बिसौनीमा जुनारको मेला नै लाग्ने गरेको छ। पोटासियम र भिटामिटी सीको राम्रो स्रोत हो जुनार । पोटासियम र भिटामिन सी मुटुको लागि लाभदायक पोषक तत्व हुन्। साथै भिटामिन सीले खराब कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु