आईतवार २० आश्विन, २०८१
२० असोज,काठमाडौं ।
असोज १० देखि १३ गतेसम्मको लगातार वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण कार्य सेनाले थालेको छ।
बाढीले बीपी र पुष्पलाल राजमार्ग जोड्ने सुनकोशी नदीको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो।
रामेछापतर्फको आधा भाग बेलिब्रिज बाट जोड्न निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाकारी गराएको छ।
खुर्कोट सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि. र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा बेलिब्रिज जडान कार्य सुरु आज बाट भएको छ।