शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा   

मंगलवार ८ फाल्गुन, २०८० nepalexplores 1423


रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा   

८ फागुन, काठमाडौं ।
कृषि क्षेत्र र उत्पादको लागि अति आवश्यक रासायिनक मल  चीन बाट ल्याइएको १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो।


कृषिको सिजन सुरु हुन लागि सकेको छ। गत बर्ष पनि समयमा रासायानिक मल आपूर्ति गर्न नसक्दा कृषकले मलको अभाव भोग्नु परेको थियो। सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदाम बाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका एक कर्मचारिले बताए।

 

रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहर बाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए। भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्ष देखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीन बाट मल आयात गरेको हो।
 
आर्थिक वर्ष ०७९÷८० मा सम्झौता गरेको सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेड बाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको थियो।


सम्झौता अनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको र कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिने कम्पनिको प्रतिनिधिले बताएका छन्। 


मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाएको किसानहरु समस्यामा परेका छन्।




मतहरू

Monica

Kristian Lawson


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु