शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मा जर्मन कम्पनीलाई

शुक्रबार २४ असार, २०७९ Nepalexplores 1409


रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मा जर्मन कम्पनीलाई

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनेको वर्षौं बितिसकेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८ ६९ को बजेटमा मल कारखाना स्थापना गर्ने योजना समेटे देखि अहिलेसम्म निरन्तर यसको बहस जारी छ । यस अर्थमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने भनेर पहिलो योजना बनेको एक दशक पुगेको छ । तर, कारखाना स्थापनाको काम भने जहाँको त्यहीँ छ ।


बोर्डका सहायक प्रवक्ता रमेश अधिकारीले जर्मन कम्पनी डीआईएजीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको बताए । उनले भने, ‘बोर्डको ५० औं बैठकले जर्मन कम्पनीलाई नेपालमा मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न दिने निर्णय गरिसकेको छ ।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु