मंगलवार २४ पुष, २०८०
२४ पुस,काठमाडौं ।
मन्थली नगर कार्यपालिकाको २१ औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई कार्यपालिका प्रवक्ताको जिम्मेवारी तोकेको छ । यस अघि प्रवक्ताको जिम्मेवारी कसैलाई पनि दिईएको थिएन ।
श्रेष्ठलाई प्रवक्ता तोके संगै बैठकले मन्थली नगरपालिकाको चौथो हिउँदे विधेयक अधिवेशन आगमी बुधाबार गर्ने निर्णय गरेको छ । भने आर्थिक वर्ष २०८१÷०८२ का लागि संघीय र विशेष अनुदानका लागि विभिन्न आयोजनाहरु वाग्मती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।