शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

पर्यटन मन्त्री श्रेष्ठद्धारा रामेछापको मन्थली विमानस्थलको अनुगमन

बिहीबार ६ आश्विन, २०७९ Nepalexplores 1702


पर्यटन मन्त्री श्रेष्ठद्धारा रामेछापको मन्थली विमानस्थलको अनुगमन

काठमाण्डौ । विमानस्थल अनुगमनका लागी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ रामेछापको मन्थली पुगेका छन्। 

रामेछापको मन्थली नगरपालिका वडा नं. १ स्थित विमानस्थलको अनुगमनका लागी पर्यटन मन्त्री श्रेष्ठ रामेछाप पुगेका हुन् ।

सरकारले दशैँ लगायतका चाडपर्व नजिकिएसंगैँ नागरिकहरुको यात्रालाई सहज बनाउने लक्ष्य सहित देशैभरका विमानस्थलहरुको अवस्थाका बारेमा अनुगमन गरिरहेको छ ।

यसै शिलशिलामा  मन्त्री श्रेष्ठ सहितको टोली विमानस्थलको आवश्यक अनुगमनका लागी मन्थली पुगेको हो । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विमानस्थललाई उडान सुचारु गर्नका लागी मन्त्रालयले आवश्यक सहयोग गर्ने बताएका छन । 

रामेछापको मन्थलीमा रहेको विमानस्थलमा लामो समय देखी नियमित उडान हुन नसक्दा यात्रुलाई पर्न गएको असुविधालाई मध्येनजर गर्दै सञ्चालनका लागी आवश्यक पहलकदमी गरिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पुर्व सांसद देवशंकर पौडेलले    बताए । 

 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु