बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक छः मन्त्री श्रेष्ठ

बिहीबार २३ असार, २०७९ Nepalexplores 1471


सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेको सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा  सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले सहकारी सञ्चालनका लागि  प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औंल्याइन् ।


मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी भएका व्यवस्थालाई समयानुकूल सुधार गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो । सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकायले  नयाँ संरचना बनाउने भन्दा पनि विद्यमान संरचनालाई पुनरावलोकन गरी सशक्त बनाउन र कमजोरी हटाउन अग्रसर हुनु पर्नेमा जोड दिएकी छिन । । 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु