शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मन्थली कुनौरी बाट भटौली जोड्ने निर्माणधीन पुल भाँचियो

आईतवार ८ असार, २०८२ nepalexplores 1821


मन्थली कुनौरी बाट भटौली जोड्ने निर्माणधीन पुल भाँचियो

८ असार, काठमाडौं । 
मन्थलीको कुनौरी बाट भटौली जोड्ने निर्माणधीन पुल भाँचिएको छ। र्निमाण सम्पन्नको  अन्तिम चरणमा रहेको पुल भाँचिएको हो।

रामेछाप मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरी बाट ७ भटौली जोड्न तामाकोशी नदी माथि बन्दै गरेको मोटरेबल पुल भाँचिएको छ। कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको मन्थलीको वडा नम्बर ६ र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्ल्याब भाँचिएको हो।

पुल अनुगमनमा क्रममा पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको पुगेका रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री लगाएत विभिन्न व्याक्तिहरुले जानकारी दिएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु