बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित

बिहीबार १५ फाल्गुन, २०८१ nepalexplores 1350


‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित

१५ फागुन, काठमाडौं । 
‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित भएको छ। चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको हो।

 बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरू र अथक समर्पणलाई दर्शाउने गरेको छ। 

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०–८१ सम्ममा ३२० अर्बभन्दा बढी राजश्व राज्यलाई योगदान गरेको जनाएको छ।

व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्ब भन्दा बढीका परियोजनाहरु संचालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको जनाएको छ। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु