शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

माघ २२ बाट सञ्चालन हुने एचपीभी खोप अभियानको तयारी पूरा

बुधबार १६ माघ, २०८१ nepalexplores 1462


माघ २२ बाट सञ्चालन हुने एचपीभी खोप अभियानको तयारी पूरा

१६ माघ, काठमाडौँ । 
माघ २२ बाट सञ्चालन हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको छ। पाठेघरको मुखको क्यान्सरविरूद्ध लगाईने एचपीभी खोप यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने भएको हो। 

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा दुई साताको खोप अभियानका लागि तयारी पूरा भएको बताएका छन्।

खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरी अनुमान गरिएको छ। यो अभियानको लागि १७ लाख ७० हजार २० एचपीभी खोप देशभर लगाइने छ। 

पाठेघर मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ। 

जस अनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथि उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु