आईतवार २८ माघ, २०८०
२८ माघ, काठमाडौं ।
यस अघि अभियन्ता ईः ले काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए। उनले फेरि लुम्बिनीको मायादेवी मन्दिर बाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन्। ईः ले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिंहदरबार यात्रा सुरु गरेको जानकारी दिएका छन्।
लुम्बिनी बाट आइतबार विहान ८ बजे सुरु भएको ईः को पैदलयात्रा फागुन ७ गते सिंहदरबारमा आएर समाप्त हुनेछ। उनी पहिलो दिन सुनवल रामनगर, दोस्रो दिन दुम्कीबास, तेस्रो दिन दलदले,चौथो दिन चितवनको रामनगर, पाँचौं दिन कुरिनटार, छैटौं दिन गजुरी, सातौं दिन नौबिसे र आठौं दिन काठमाडौं आइपुग्नेछन् ।
उनले पैदलयात्रा सुरु गर्दा राखेका माग यस्ता छन् ः
–देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई विना अध्ययन र विना विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने ।
–शहरी गरीबको संरक्षण गर्न आवश्यक व्यवस्था तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी संघीय कानुन निर्माण र भएका कानुनको सबलीकरण ।
–स्थानियतहहरुलाई शहरी गरिबलाई सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने ।
क्रममा मिटरब्याजविरुद्धको न्याय मार्चमा पनि एक्यवद्धता जनाउने ईः ले बताएका छन्