शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

अपराध अनुसन्धानका लागि राजधानीमा ‘ई–क्यूआरटी पुलिसिङ’ सेवा सुरु

बिहीबार २४ फाल्गुन, २०८० nepalexplores 1195


अपराध अनुसन्धानका लागि राजधानीमा ‘ई–क्यूआरटी पुलिसिङ’ सेवा सुरु

२४ फागुन, काठमाडौं ।
काठमाडौंमा प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप ‘ई–क्यूआरटी’ सेवा सुरु गरेको छ। घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको हो।


‘घटनास्थलको लाइभ तस्वीर र भिडियोहरु पनि सिस्टममा प्राप्त हुन्छ’, समस्यामा परेका नागरिकसम्म पुग्ने समयलाई घटाउन समेत मद्दत पुग्ने र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन साथै प्रहरीको क्यूआरटी टोली घटनास्थलमा पुगे÷नपुगेकोसहित उनीहरुको सम्पूर्ण गतिविधि अफिसरहरुले जहाँसुकै बाट निगरानी गर्नसक्ने हुँदा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए।


‘घटना भएको स्थानमा यथाशीघ्र पुग्ने वातावरण निर्माण गर्न २४सै घन्टा प्रहरी कन्ट्रोल रुमबाट ट्र्याकिङ गर्न मिल्ने गरी डिजिटल प्रणाली जडान भएको छ’, काठमाडौं प्रहरी मातहतका वृत्त र प्रभागहरु बाट जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मार्फत मोटरसाइकलमा खटिने टोलीको लोकेसन नियमित ट्र्याक हुनेछ। भने ‘घटनास्थलमा पुग्नासाथ प्रहरीको काम कारबाही र सेवाग्राहीसँगको व्यवहार समेत स्वतः रेकर्ड हुनेछ। कन्ट्रोल रुमबाट सम्बन्धित कमाण्डरले पनि लाइभ हेर्न सक्नेछन्।’

 

जिल्ला प्रहरी परिसर, टेकुमा बुधबार आयोजित कार्यक्रमका बीच ई–क्यूआरटी सेवा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उद्घाटन गरेका थिए। राजधानीमा खटिने ६० वटा पुलिस क्यूआरटी टोलीको सदस्यलाई शरीरमा हुने क्यामरासहितको प्रविधि जडान गरिएको छ।

 

थापाका अनुसार, सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुग्ने समय दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपाल प्रहरीको एकदमै कम छ। ‘यद्यपि प्रहरी समयमा पुगेन भन्ने गुनासो अझै पनि सुन्नुपर्छ’, थापाले भने, ‘त्यसलाई अझै कम गर्दै लैजाने नीति अनुरुप यो सेवा सुरु गरेका हौं।’

 

यो सेवालाई क्रमशः भक्तपुर र ललितपुरमा पनि विस्तार गरिने बताए । थापाले क्यूआरटी टोली प्रहरी अनुसन्धानमा सबैभन्दा प्रभावकारी देखिएको बताउँदै यसलाई अझ बढी स्रोत, साधनले सम्पन्न बनाउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।

 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु