शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

एडीबीले गर्यो बाढी प्रभावित उद्धार र राहतका लागि अनुदान

शुक्रबार १२ भाद्र, २०८३ nepalexplores 1271


एडीबीले गर्यो बाढी प्रभावित उद्धार र राहतका लागि अनुदान

१२ भदौ, काठमाडौं ।

बाढी प्रभावित उद्धार र राहतका लागि एडीबीले अनुदानको घोषणा गरेको छ ।

विनाशकारी बाढी बाट प्रभावितको उद्धार र राहतका लागि एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ (५० लाख अमेरिकी डलर) को आपतकालीन सहायता अनुदान दिने घोषणा गरेको हो ।

अनुदान रकम तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न प्रयोग गरिने एडीबी अध्यक्ष मासातो कान्दाले बताएका छन् ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै हालसम्म ५ सय ५३ जनाको शव भेटिएको र हजारौं मानिस सम्पर्कविहीन भएको अनुमान छ । यस्तो ठूलो विपद्को अवस्थामा एडीबी नेपालको साथमा रहेको अध्यक्ष कान्दाले बताएका छन् ।

‘हाम्रा सदस्य राष्ट्रका जनतालाई हाम्रो आवश्यकता पर्दा, हामी सधैं उनीहरूको साथमा रहने छौं एडीबी अध्यक्ष कान्दाले बताएका छन्।’ भने ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’  बाट यो अनुदान सहयोग प्रदान गरिएको एडीबीले जनाएको छ ।

यो सहयोग खोज तथा उद्धारका लागि आवश्यक उपकरण खरिद, औषधि, स्वास्थ्य सामग्री र खाद्यान्न वितरण, स्वच्छ खानेपानी र अस्थायी बासस्थान व्यवस्था, सरसफाइ तथा स्वच्छता सामग्री, बाढीका कारण थुप्रिएका भग्नावशेष पन्छाउने र आपतकालीन अस्थायी पुनस्र्थापनाका काम, व्यवस्थापकीय तथा ढुवानी लगायतमा खर्च हुने प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु