सोमबार २६ आश्विन, २०८३ (Monday October 12, 2026)

उपल्लो मुस्ताङमा हिमतालको जोखिम स्थलगत र ड्रोनमार्फत अनुगमन

आईतवार १४ भाद्र, २०८३ nepalexplores 1269


उपल्लो मुस्ताङमा हिमतालको जोखिम स्थलगत र ड्रोनमार्फत अनुगमन

१४ भदौ, काठमाडौं ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम बारे स्थलगत र ड्रोन मार्फत अनुगमन गरिएको छ ।

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम बारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको हो। 

हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् ।

भोटेकोशी बाढी पछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको जनाएको हो । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जनाएको छ ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु