शुक्रबार ८ श्रावण, २०८३ (Friday July 24, 2026)

मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा परीक्षण

मंगलवार २५ बैशाख, २०८१ nepalexplores 1399


मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा परीक्षण

२५ वैशाख, काठमाडौं । 
मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर परीक्षण गरिएको छ। 

एक वर्ष अघि मुस्ताङमा सङ्कलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा  पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिन अघि प्राप्त भएको नेपाल पश्मिना उद्योग संघका प्रतिनिधिले जानकारी दिए।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्याङग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गरेको हो।

‘विज्ञहरुको टोली मुस्ताङमा आएर भुवाको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा लगिएको थियो’, प्रतिनिधिले भने, ‘मुस्ताङका च्याङग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको छ।’

प्राप्त प्रतिवेदनले च्याङग्राको नश्ल सुधार, गोठको संरचनालाई व्यवस्थित र आधुनिक बनाउन तथा भुवा निकाल्न आधुनिक काँइयोको प्रयोग गर्न कृषकहरुलाई सुझाव दिएको छ। प्रतिवेदनको सुझाव कार्यान्वयनका लागि कार्ययोजना बनाउन कृषक र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल शुरु गरिएको पश्मिना उद्योगी संघले जनाएको छ।

वैशाख–जेठ महिनामा च्याङग्राको शरीरबाट भुवा निकाल्ने याम हो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु