शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

मुस्ताङमा स्याउ पाक्न सुरु

बुधबार १९ भाद्र, २०८१ nepalexplores 1503


मुस्ताङमा स्याउ पाक्न सुरु

१९ भदौ, काठमाडौं ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानहरुका अनुसार विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने स्याउ यसपाली भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ।

‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२० दिन अघि नै पाक्न थालेको व्यावसायिक स्याउखेती गर्दै आएका मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन्।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ। मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए।
 
उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ। गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ। दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ। उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ।

तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ। व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुगमन गर्नुपर्ने बताइएको छ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु