बुधबार १७ भाद्र, २०८३ (Wednesday September 02, 2026)

मुस्ताङ जिल्लामा छिटो पाक्ने स्याउ टिप्न सुरु

मंगलवार १६ भाद्र, २०८३ nepalexplores 1398


मुस्ताङ जिल्लामा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ, काठमाडौं ।

मुस्ताङ जिल्लामा छिटो पाक्ने स्याउ टिप्न सुरु गरिएको छ ।

सरोकारवाला निकायहरुले छिटो पाक्ने स्याउ टिप्ने सयम भदौ १५ गते तोकिए सँगै जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु गरिएको हो ।

स्याउ टिप्ने समय तोकिए सँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका छन् ।

जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेको थियो ।

मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको माग समेत पूरा गर्न, स्याउको ख्याति राम्रो हुन, स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गते देखि टिप्न पाईने निर्णय गरिएको जनाएको छ ।

कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबार बाट टिप्न सुरु भएको र ढिलो पाक्ने स्याउ भदौ २२ गते बाट सुरु हुने बताएका छन् । 

अर्यालका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको बताएका छन् ।

कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको समेत बताएका छन् ।

जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयले बताएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु