शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

क्रसबोर्डर डिजिटल भुक्तानी नेपाल–भारतको अन्तिम चरणमा

शनिबार २६ फाल्गुन, २०८० nepalexplores 1260


क्रसबोर्डर डिजिटल भुक्तानी नेपाल–भारतको अन्तिम चरणमा

२६ फागुन, काठमाडौं ।
क्रसबोर्डर डिजिटल भुक्तानीसम्बन्धी सम्झौता पत्र आदनप्रदान गर्दै दुई देशका प्रतिनिधि जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो।


गत जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएको सम्झौता अनुसार नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा पुगेको छ। सम्झौता अनुसार दुई देशका नागरिकले एक देश बाट अर्को देशको बैंक खातामा सिधै पैसा पठाउन सक्ने गरी सो प्रणाली विकास भइरहेको एनसीएचएलका एक अधिकारीले जानकारी दिए।

 

‘भारतमा बैंक खाता भएकाले नेपालीको खातामा र नेपालीले भारतीयको खातामा सानो–सानो रकम विद्युतीय माध्यम बाट सिधै पठाउन मिल्ने गरी भारतको एनपीसीआई र नेपालको एनसीएचएलको प्रणाली एकीकृत गर्ने काम भइरहेको छ, १५ मार्च (२ चैत) सम्म तयारीको काम सकिन्छ,’ उनले भने।


यो प्रणाली कार्यान्वयनमा आएपछि नेपालीले भारतीय बजारमा र भारतीयले नेपालमा बैंक ट्रान्सफर अतिरिक्त वालेट र मोबाइल बैंकिङका माध्यम बाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने पनि सम्झौतामा उल्लेख छ।

 

नेपालको एनसीएचएल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको समेत लगानी रहेको भुक्तानी प्रणाली सञ्चालन गर्ने इजाजत पाएको संस्था हो। एनसीएचएलले नेसनल पेमेन्ट स्विच सञ्चालन गरिरहेको छ। नेपालमा क्लियरिङ हाउसले सञ्चालन गरेको रिटेल पेमेन्ट स्विचमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल भुक्तानी सुविधा लिन सकिन्छ।

 

नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी उद्घाटन मिति तय भइसकेको छैन। तर, यही महिनाभित्र उद्घाटन हुन सक्ने कूटनीतिक स्रोतहरूले बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु