मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा

शुक्रबार ९ चैत्र, २०८० nepalexplores 1436


बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा

९ चैत, काठमाडौं । 
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

 

भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले भने, ‘मालपोत ऐन २०३४ को दफा २४ अनुसार यो जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका छौं ।’


बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।


यस बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । त्यस क्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी लगायतलाई १८ फागुनमा पक्राउ गरेको थियो । उनिहरु अदालतको आदेशमा छुटेका छन्। सीआईबीको अनुसन्धा भइरहेको  छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु