आईतवार ३१ श्रावण, २०८३ (Sunday August 16, 2026)

मल्लकालीन ऐतिहासिक सम्पदा ः बालाजु बाइसधारा 

मंगलवार ११ बैशाख, २०८१ nepalexplores 1585


मल्लकालीन ऐतिहासिक सम्पदा ः बालाजु बाइसधारा 

११ वैशाख, काठमाडौं ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देखि पाँच दिन सम्म बालजु बाइसधारामा लाग्ने मेला आज बाट सुरु भएको छ। 

काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ। स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने गर्छन्। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ।

भक्तजनलाई स्नान गर्न सहज होस् भनेर २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका प्रतिनिधिले जानकारी दिए। करिब १६२ रोपनी क्षेत्रफलमा फैलिएको यो मनोहर पार्कभित्र विष्णु, शिव लगायत भगवानका मन्दिर  गुम्वाहरु छन्। त्यसैले यो हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र मानिन्छ।

बालाजुको बाइस धारा मल्लकालीन ऐतिहासिक सम्पदा हो। मल्ल राजा जयपप्रकाश मल्लले सुरुमा २१ धारा स्थापना गरेका थिए। पछि राजा रणबहादुर शाहले एउटा ढुंगेधारा थपे। त्यसपछि धाराहरुको संख्या बाइस पुग्यो । तिनै धाराहरुका कारण बालाजु क्षेत्रको नाम नै बाइस धारा रहन गयो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु