मंगलवार २४ मंसिर, २०८२ (Tuesday December 09, 2025)

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल

सोमबार २३ मंसिर, २०८२ nepalexplores 1153


जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल

२२ मंसिर, काठमाडौं।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल भएको छ।

जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विषयमा युनेस्कोको अध्ययन टोलीले छलफल गरेको जनाएको छ।

युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा विस्तृत छलफल भएको जनाएको हो। 

जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव बिच छलफल भएको छ। 

छलफलका क्रममा टोलीले मन्दिरको ऐतिहासिक महत्त्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजना बारे जानकारी लिएको जनाएको छ।

युनेस्को टोलीले सम्पदाको दिगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ, पर्यटक व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको जनाएको छ।

भेटका क्रममा उत्तराधिकारी महन्त दासले युनेस्को टोलीसँगको छलफललाई ऐतिहासिक माइलस्टोनका रूपमा उल्लेख गरेका छन्। 

उत्तराधिकारी महन्त दासका अनुसार जानकी मन्दिरको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक रहेको बताएका छन्। 

यसका लागि हामी संस्थागत तयारी, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन सुधारका सबै पहलमा प्रतिबद्ध व्यक्ता गरेका छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत भएमा जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि तथा मिथिला संस्कृतिको विश्वव्यापी पहिचान अझ सुदृढ हुने विश्वास महन्त दासले व्यक्त गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु