शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

बालमन्दिर जग्गा प्रकरण विरुद्ध पक्राउ पुर्जी जारी

बिहीबार २७ बैशाख, २०८१ nepalexplores 1416


बालमन्दिर जग्गा प्रकरण विरुद्ध पक्राउ पुर्जी जारी

२७ वैशाख, काठमाडौं ।
नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको अनलाइनखबरलाई बताए। पक्राउ पुर्जी जारी भएको पुष्टि गरे पनि कसलाई जारी भएको भन्ने केही खुलाएको छैन।

बालअधिकार सम्बन्धी महासन्धिले उठाएका मुद्दाहरू लागू गर्न भन्दै २०४९ सालमा सरकार बाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग भएको दाबी गरेको छ।

यो जग्गा प्रकरणबारे सीआईबीले यस अघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको थियो। सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन।

बिहीबार भने बालमन्दिरको तर्फबाट जाहेरी परेसँगै औपचारिक रूपमा अनुसन्धान र मुद्दाको प्रक्रिया अगाडि बढेको एसपी बोगटीले जानकारी दिए।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु