बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

सोमबार २ माघ, २०७९ nepalexplores 1464


मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालकोटमा भएको छलफलपछि गठबन्धनको बैठक बसेको हो ।


प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच बिहान भएको सहमतिमा एमाले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय पाउने तय भएको बताइएको छ । त्यसैगरी माओवादी केन्द्रले ४ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २,२ मन्त्रालय पाउने भएको छ ।


त्यसैगरी लोसपाले १ र नेकपा एकीकृत समाजवादी सरकारमा आए रोजेको मन्त्रालय पाउने बताइएको छ । दाहाल पुस १० गते प्रधानमन्त्री भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन ।

बालुवाटारमा सुरु भएको बैठक एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित रहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु