बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणी नदिमा छाडियो

आईतवार ३० बैशाख, २०८१ nepalexplores 1522


प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणी नदिमा छाडियो

३० वैशाख, काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ। केन्द्रमा हुर्काइएको गोहीलाई प्रजननका लागि नदीमा छाड्ने गरिएको छ। 

अन्य नदीहरुमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षहरुमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ। घडियाल प्रजनन केन्द्रमा हाल छ सय २२ गोही रहेका चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारीले जानकारी दिए।

हालसम्म राप्ती नदीमा एक हजार दुई सय दुई वटा, नारायणी नदीमा चार सय १९ वटा, बबइमा एक सय १० वटा, सप्तकोशीमा एक सय १५ वटा, कालिगण्डकीमा ३५ वटा,  कर्णालीमा ४१ वटा, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छाडिएको छन्।

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु