आईतवार १० श्रावण, २०८३ (Sunday July 26, 2026)

अर्थमन्त्री पुनले गरे बजेटबारे विकास साझेदारहरूसँग छलफल

सोमबार ३१ बैशाख, २०८१ nepalexplores 1473


अर्थमन्त्री पुनले गरे बजेटबारे विकास साझेदारहरूसँग छलफल

३१ वैशाख, काठमाडौँ ।
अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१,०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन्। 

छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा सरकारका प्राथमिकता लगायत विषयमा धारणा राखेका थिए।  नेपालको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन तथा निजी क्षेत्रका लागि अनुकूल लगानी योग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पुनले बताए।

सरकारले निर्धारण गरेका विकास लक्ष्य हासिल गर्न आन्तरिक श्रोत परिचालनमा मात्र पर्याप्त नभएकाले वैदेशिक लगानी वा सहायतामा जोड दिनुपर्ने अवस्थामा आफूहरू रहेको मन्त्री पुनको भनाइ थियो। 

सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरूसँग परामर्श गरेका हुन्। छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरू स्वीट्जरल्याण्ड, डेनिश, फिनल्यान्ड, दक्षिण कोरिया, जापान, बेलायत, र युरोपियन युनियनका आवासीय राजदूत तथा ती देश सम्बद्ध द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो। 

उनले विकास साझेदार बाट प्राप्त सुझावहरूले बजेट निर्माण कार्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु