शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

शनिबार ५ जेष्ठ, २०८१ nepalexplores 1428


लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

५ जेठ, काठमाडौं । 
काठमाडौं–तराई,मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौं बाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग ब्रेक थ्रु भएको हो।

सुरुङमध्ये शुक्रबार काठमाडौं बाट निजगढतर्फ जाने सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो। नेपाली सेनाले गत फागुनमा सार्वजनिक गरेको विवरण अनुसार लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना थियो। निर्धारित लक्ष्यअनुसार नै यो सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ।

अर्कोतर्फको सुरुङमार्गको छिट्टै ‘ब्रेक थ्रु’ हुने नेपाली सेनाले जनाएको छ। आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ। यो सुरुङमार्गको लम्बाई १,६३३ मिटर रहेको छ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ। कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु