आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

टिप्ताला नाका खुलाउने तयारी हुदैं 

बुधबार ९ जेष्ठ, २०८१ nepalexplores 1448


टिप्ताला नाका खुलाउने तयारी हुदैं 

९ जेठ, ताप्लेजुङ ।
चीन र नेपालको दुई पक्ष समझदारीमा ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो। 

चीनका तर्फबाट तयारी पूरा नभएकाले तोकेको समयमा नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले बताए। अधिकारीका अनुसार ‘चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमति अनुसार नाका खुलेन। यही महिनाभित्र खुल्ने गरी तयारी भइरहेको छ ।’

सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनालले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन्। जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको–६ लेलेप र फक्ताङ्लुङ–७ ओलाङचुङगोला क्षेत्रका साथै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले अनुमति लिएका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना सङ्क्रमणपछि टिप्ताला नाका बन्द गर्दै आएको थियो। पाँच हजार दुई सय मिटर उचाइको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको टिप्ताला रहेको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु