बिहीबार २८ श्रावण, २०८३ (Thursday August 13, 2026)

यार्सागुम्बा सङ्कलनले राज्यकोषमा राजस्व बृद्धि

शुक्रबार २५ जेष्ठ, २०८१ nepalexplores 1497


यार्सागुम्बा सङ्कलनले राज्यकोषमा राजस्व बृद्धि

२५ जेठ, काठमाडौं ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन्।

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरू बाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ। यसपटक गत वर्षको तुलनामा यार्सागुम्बा सङ्कलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयले बताएको छ।

यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति रु पाँच सय र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु दुई हजार र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु तीन हजारका दरले प्रवेश शुल्क उठाएको निकुञ्जको कार्यलयले जानकारी दिए।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा सङ्कलक पाटन प्रवेश गर्दा रु एक लाख ९४ हजार, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका दुई हजार ४१ जना यार्सा सङ्कलकबाट रु २९ लाख ७४ हजार पाँच सय राजस्व सङ्कलन भएको छ।

डोल्पाको क्षेप्का क्षेत्रबाट गएका चार सय ७३ जना सङ्कलकबाट रु तीन लाख ७९ हजार राजस्व असुली भएको छ। फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट एक सय तीनजना सङ्कलक पाटन प्रवेश गरेका र उनीहरूबाट रु एक लाख ७७ हजार राजस्व उठेको छ।

मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व सङ्कलन हुने गरेको छ ।  भने यस वर्ष मुगुमा यार्सा सङ्कलकबाट ६९ लाख राजस्व संकलन भएको छ। कुल सङ्कलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने निकुञ्जले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु