शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नेप्सेमा कारोबार वृद्धि ८.९० अंकले बढ्यो परिसूचक

सोमबार २८ जेष्ठ, २०८१ nepalexplores 1413


नेप्सेमा कारोबार वृद्धि ८.९० अंकले बढ्यो परिसूचक

२८ जेठ, काठमाडौं ।
सेयर बजारमा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ।

नेप्सेमा सूचीकृत भएर संस्थापकको लकइन नखुलेको र कम पूँजी भएका कम्पनीहरूको सेय मूल्यमा उचाल्न ‘स्पेकुलेटिभ प्रवृति’ बजारमा हाबी भएको छ। सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पुगेको छ।

सेयर सप्लाई कम भएका कम्पनीको सेयर मूल्य पछिल्लो समय उच्च रुपमा बढेको छ। सोमबार नेप्सेमा ७१ हजार ९४८ वटा कारोबारमा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाखको सेयर कारोबार भएको छ।

म्युचुअल फन्ड उपसूचकमा सर्वाधिक ३.७४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक २.०४ प्रतिशत, होटल तथा पर्यटन उपसूचक ०.९३ प्रतिशत, जीवन बीमा उपसूचक ०.२४ प्रतिशत र बैंकिङ उपसूचक ०.०२ प्रतिशतले गिरावट भएको हो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु