आईतवार ३ असार, २०८१
२ असार, काठमाडौं ।
आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ५ ः १५ मा सेन्ट भिन्सेन्टमा सुरु हुनेछ।
नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो। समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो।
शनिबार नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। स्पिनर कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएपछि दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो।
बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो। बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ। उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ। नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ।
नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ। २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो। उक्त विश्वकप खेल्दा नेपालका सोमपाल कामी, बंगलादेशका सकिब अल हसन र महमुदूल्लाह रियाद टोलीमा छन्।