शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

अविरल वर्षापछि झापामा डुबान

मंगलवार ५ असार, २०८१ nepalexplores 1478


अविरल वर्षापछि झापामा डुबान

४ असार, काठमाडौं ।
आजको अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । बिशेषगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ। 

दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौँ नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन्। बाढीले सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ।

कच्ची घरमा पाँच फिटसम्म डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुबान भएको छ। डुबानका कारण श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशी, संजय राजवंशी, कुञ्जी राजवंशीको घर डुबान भएपछि उनीहरू विस्थापित भएका छन्।

बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन्। बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत् र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीयले जानकारी दिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु