शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

पाँच लाख प्यालेस्टिनी भोकमरीको संघारमा

मंगलवार २६ असार, २०८१ nepalexplores 1529


पाँच लाख प्यालेस्टिनी भोकमरीको संघारमा

२५ असार, काठमाडौं ।
इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ।

संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन्। उनीहरूले गजामा गरेको पछिल्लो आइपिसी विश्लेषण अनुसार सम्पूर्ण गजा पट्टीका प्यालेस्टिनीहरू अनिकालको सम्भावित जोखिममा छन्। युद्ध जारी रहुञ्जेल र मानवीय सहायतामा रोक लागुञ्जेल अनिकालको उच्च जोखिम रहने बताएका छन्।

आइपिसी प्रतिवेदन र सर्वेक्षणमा अनुसार २० प्रतिशतभन्दा बढी मानिसहरूले पूरै दिन र रात नखाई नै बिताएका छन्। वर्षौंदेखि इसराइल र इजिप्टले मिलेर गजामा लगाएको नाकाबन्दीका कारण पछिल्लो द्वन्द्व सुरू हुनुभन्दा अघिदेखि नै धेरैजसो गजावासीहरू अन्तर्राष्ट्रिय सहायतामा भर परेका थिए।

गत अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर गजाका अन्य भाग ध्वस्त पारेपछि त्यहाँका धेरै प्यालेस्टिनी समेत राफामा शरण लिन पुगेका थिए। 

धेरै घना बस्ती भएको गजाका लगभग २० लाख बासिन्दामध्ये करिब १४ लाख राफामा कोच्चिएर बसेको बेलामा इसराइलले सैन्य कारबाही गरेको थियो। अमेरिका पश्चिमा राष्ट्र र इजिप्ट लगायत खाडी मुलुकले राफामा आक्रमण नगर्न इसराइललाई निरन्तर दबाब दिइरहे पनि इसराइलले राफामा सैन्य कारबाही सुरू गरेको थियो।

त्यसपछि इजिप्टसँगको सीमाबाट आउने सहायतामा बाधा भएपछि पाँच लाख प्यालेस्टिनी भोकमरीको खतरा भएको आइपिसीले जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु