शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

भोजपुरमा चौंरीपालन व्यवसाय घट्दो

आईतवार १६ भाद्र, २०८१ nepalexplores 1502


भोजपुरमा चौंरीपालन व्यवसाय घट्दो

१६ भदौ, काठमाडौं । 
परम्परागत रूपमा भोजपुर जिल्लामा गरिँदै आएको चौँरीपालन व्यवसाय घट्न थालेको छ।

चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको छ।

दशक अघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ र व्यवसाय अहिले संकटमा पर्दै गएको किसान बताउँछन्। पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको किसानहरुको भनाइ छ। 

सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसानले बताए। चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै जाँदा आम्दानीको राम्रो स्रोत रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चौंरीपालनतर्फ आकर्षण घट्दै गएको उनीहरु बताउँछन्।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु