शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घट्दो

मंगलवार ३१ असार, २०८२ nepalexplores 1423


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घट्दो

३१ असार, काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घटेको छ। पन्छी संरक्षण संघले गरेको गणना अनुसार यस वर्ष तोपचराको संख्यामा कमी आएको जनाएको हो।

सुनौलो तोप चराको लागि आवश्यक घाँसे मैदानको विनास, विषादी प्रयोग, मानव अतिक्रमण र सिकारीको कारणले तोप चराको संख्यामा कमी आएको जनाएको छ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको जनाएको छ।

पाँच दिनसम्म गरिएको गणनामा एक सय ८४ मात्र रहेको चराको संख्या गत वर्ष दुई सय १३ रहेको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले जाकारी दिएका छन्।

डगौराको अनुसार तोपचराको विनाश “घाँसे मैदान विनाश नै प्रमुख कारणको रूपमा रहेको बताएका छन्।”, नेपालको तराई क्षेत्रमा मात्र पाइने छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन्।

निकुञ्ज र विसिएनका आठ जना प्राविधिक टोलीले निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा,लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैया लगायत क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेको थियो।  
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु