सोमबार २६ कार्तिक, २०८१ (Monday November 11, 2024)

त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने निर्णय

सोमबार ५ कार्तिक, २०८१ nepalexplores 1047


त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने निर्णय

५ कात्तिक, काठमाडौं । 
त्रिविले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने त्रिविको निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी वर्षदेखि स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको छ। 

शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू हुने गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत दुबै भाषामा प्रश्नपत्र बनाउने निर्णय भएको उल्लेख गरेका छन्।

हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ। भने त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ।

त्रिविले यस अघि नै प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोध्ने तयारी गरेको थियो। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु