बिहीबार ७ श्रावण, २०८३ (Thursday July 23, 2026)

इजरायलीको आक्रमणमबाट, १०० बढि प्यालेस्टाइनी मारिए

आईतवार ९ मंसिर, २०८१ nepalexplores 1385


इजरायलीको आक्रमणमबाट, १०० बढि प्यालेस्टाइनी मारिए

९ मङ्सिर, काठमाडौं । 
१०० बढि  प्यालेस्टाइनी इजरायलीको आक्रमणम बाट मारिएका छन्।

इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार गाजा शहरको जिटोन उपनगरमा शुक्रबार रातभर एक आवासीय घरमा भएको आक्रमणमा कम्तिमा पनि ७ जना मारिए भने दक्षिणी गाजामा पनि उतिनै मानिस मारिएका छन्। 

इजरायली हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरसँगै रहेको अल फारुक मस्जिदमा समेत नोक्सान पुगेको छ। यस्तै, आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते भएका छन्। 

इजरायली सेनाले उत्तरी गाजामा स्थल आक्रमण तथा बमबारीलाई तीब्र पारेको जनाएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु