शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा ६८ हजार बढि सवारीसाधन आयात

बुधबार १५ श्रावण, २०८२ nepalexplores 1389


वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा ६८ हजार बढि सवारीसाधन आयात

१४ साउन, काठमाडौं ।
वीरगञ्ज भन्सार नाका बाट गत आर्थिक वर्षमा ३८ हजार ७४३ सवारीसाधन आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धन बाट चल्ने अन एसेम्वल्ड मोटरसाइकल देखि क्रेनलहरीसम्मका सवारीसाधन आयात भएको जनाएका छन्।

सवारीसाधनको आयात बाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ। गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधन बाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको जनाएको छ।

गत आवमा अनएसेम्वल्ड मोटरसाइकल रु.६ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा सवारी आयातबाट रु ६ अर्ब ३१ करोड, बस तथा ट्रकका चेसिस बाट रु. २ अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा सवारीसाधन आयात भएका छन्।

त्यस्तै सोही अवधिमा रु २ अर्ब एक करोड मूल्यका ९ सय १२ वटा इन्धन बाट चल्ने जीप, कार र भ्यान आयात बाट रु. १ अर्ब ३७ करोड मूल्यका ५ हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन्।

साही अवधिमा रु १ अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धन बाट चल्ने बस बट रु. ७१ करोडका १ सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन्। भने रु ७४ करोडको  तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएको भन्सार कार्यालयले जनाएको छ। 

रु. १ अर्ब ६४ करोड मूल्यका साना–ठूला २ हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात बाट रु.१ अर्ब ८० करोड ४५ लाख राजस्व संकलन भएको उल्लेख गरेको छ।

वीरगञ्ज भन्सारले अनएसेम्वल्ड मोटरसाइकल, बस, ट्रक, जिप, कार, भ्यान, ट्रयाक्टर, र विद्युतीय सवारीसाधन बाट राजस्व संकलन गरेको थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु