बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

देशभरका ७८ नर्सिङ क्याम्पस बन्द, ४ हजार भन्दा बढीले गुमाए रोजगारी

मंगलवार २१ असार, २०७९ Nepalexplores 1536


देशभरका  ७८ नर्सिङ क्याम्पस बन्द, ४ हजार  भन्दा  बढीले गुमाए रोजगारी

काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउन बाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शैय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ ।


१०० शैय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन् । उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।


सीटीईभीटीको मापदण्ड अनुसार ५० र १०० शय्याको अस्पतालसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाले भर्ना लिन नपाएको स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा. नेत्रराज चटौतले बताए । गत वर्षको भर्ना रोकिएको र यो वर्षमा पनि रोकिने निश्चित रहेको उनको भनाइ छ ।


ऐनले नै दुई वर्षभित्र १०० शय्याको अस्पताल बनाउन भनेको थियो । तर, उनीहरू त्यो बीचमा मौन बसे । जसले गर्दा अन्तिममा आएर सरकारले मापदण्ड पूरा नगरेका कलेजलाई भर्ना लिन रोक लगाएको हो ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु