आईतवार ३० भाद्र, २०८१ (Sunday September 15, 2024)

किन बढ्दैछ सुनको आयातः ११ महिनामा साढे ४ हजार किलो भित्रियो

शुक्रबार १० असार, २०७९ Nepalexplores 1201


किन बढ्दैछ सुनको आयातः ११ महिनामा साढे ४ हजार किलो  भित्रियो

काठमाण्डौ । भन्सार विभागले चालु आर्थिक वर्षको एघार महिनामा ४ हजार ६५३ किलोग्राम सुन नेपाल भित्रिएको जनाएको छ । विभागका अनुसार उक्त सुन ०७८ साउनदेखि ०७९ जेठ मसान्तसम्मको अवधिमा भित्रिएको हो ।

एघार महिनामा भित्रिएको उक्त सुनको मूल्य ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ हुने विभागको भनाइ छ । त्यसबाट राज्यले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको ।

गत आर्थिक वर्षभन्दा यस वर्ष धेरै सुन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९ सय २४।५ केजी सुन भित्रिएको थियो ।

नेपालले युएई, टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात गरेको हो । युएईबाट मात्रै सबैभन्दा बढी २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्र्याएको छ। त्यस्तै, टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको सुन नेपाल आएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु