आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा दिइयो मृत्युदण्ड

मंगलवार २ पुष, २०८१ nepalexplores 1360


चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा दिइयो मृत्युदण्ड

२ पुस, काठमाडौं ।

चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा आज मृत्युदण्ड दिएको छ।

चीनले लगभग ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वअधिकारी ‘इकोनोमिक डेभलपमेन्ट जोन’का पूर्वकम्युनिष्ट पार्टी प्रमुख ली जियानपिङलाई आज मृत्युदण्ड दिएको हो।

चिनियाँ समाचार संस्था सिन्हुवाका अनुसार चीनको स्वायत्त क्षेत्र इनर मंगोलियाको राजधानी होहोट सहरमा ली जियानपिङलाई मंगलबार मृत्युदण्ड दिइएको जनाएको छ।

उनलाई सन् २०२२ सेप्टेम्बरमा घुस लिएको, सार्वजनिक पैसाको दुरूपयोग गरेको र अपराधी सिन्डिकेटसँग साँठगाँठ गरेको ठहर गर्दै इनर मंगोलियाको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। 

चीनमा पार्टी अधिकारीहरूलाई विरलै मृत्युदण्ड दिइन्छ। मृत्युदण्डको फैसला सुनाएपछि कार्यान्वयन गर्नका लागि प्रायजसो दुई वर्षको समय दिइन्छ। पछि सो सजायलाई जन्म कैदमा परिणत गर्ने गरिन्छ।

तर उनले ज्यादै संघीन अपराध गरेको र धेरै ठूलो रकम हिनामिना गरेको भन्दै सर्वोच्च जनअदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो।
६४ वर्षीय लीलाई मार्नुअघि केही समय परिवारजनसँग भेट्न दिइएको जानकारी पनि सिन्हुवाले दिएको छ।

चीनमा पछिल्लो समयमा शक्तिशाली पार्टी अधिकारी र जनरलहरूमाथि भ्रष्टाचारको छानबिन भइरहेको छ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु