बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

बोदेबर्साइन नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार १३ भाद्र, २०८० nepalexplores 1228


बोदेबर्साइन नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

१३ भदौ, काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


बोर्देबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।

मेयर यादव र वडा नं ४ का तत्कालिन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले बताएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु