बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

ललिता निवासः संगठित अपराधमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

आईतवार १० भाद्र, २०८० nepalexplores 1429


ललिता निवासः संगठित अपराधमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

१० भदौ, काठमाडौं । 

ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।

कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो ।

संगठित अपराध निवारण ऐन, १२ चैत २०७० मा जारी भएको हो । कानून जारी भएको मितिपछि मात्रै लागू हुने भएकाले अघिका घटनामा त्यो कानून आकर्षित नहुने भन्दै सरकारी वकिलको कार्यालयले आरोपितहरुलाई कीर्तेको अभियोगमा मात्रै मुद्दा चलाउने निर्णय लिएको हो ।

ललिता निवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । ती सबै काम संगठित अपराधसम्बन्धी कानून जारी हुनुभन्दा पहिले नै भएकाले संगठित अपराधको माग दाबी औचित्ययुक्त नहुने भन्दै सरकारी वकिलको कार्यालयले किर्तेको अभियोग चलाउने निर्णय गरेको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु