शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

कतारसँग कान्ति अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्रीको आग्रह

बुधबार ३ पुष, २०८१ nepalexplores 1493


कतारसँग कान्ति अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्रीको आग्रह

३ पुस, काठमाडौं । 
कतारसँग कान्ति बाल अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका हुन्। 

देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ। 

यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताएका हुन्।  कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारका लागि अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताएका हुन्। 

कतारी राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको, कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको र सहयोगको क्षेत्र विस्तार गर्न चाहेको राजदूत अन्सारीले बताएका छन्।

 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु