शनिबार २५ माघ, २०८२ (Saturday February 07, 2026)

आज महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

शनिबार २४ फाल्गुन, २०८१ nepalexplores 1296


आज महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

२४ फागुन, काठमाडौँ । 
आज महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

‘सबै महिला तथा बालिकाको लागि ःअधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए।

महिला माथि हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिए पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले धारणा राखेका छन्।

कार्यक्रममा महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने समेत बताएका छन्।

त्यस्तै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणा मगरले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका लागि महिला पुरुषबिच समान अधिकार हुनुपर्ने बताएका छन्।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।

सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो। दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको थियो। 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु