बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

दक्षिण कोरियाली राष्ट्रपति हान डक–सु कार्यबाहकमा पुनस्थापित

सोमबार १० चैत्र, २०८१ nepalexplores 1436


दक्षिण कोरियाली राष्ट्रपति हान डक–सु कार्यबाहकमा पुनस्थापित

११ चैत, काठमाडौं ।
दक्षिण कोरियाली राष्ट्रपति हान डक–सु कार्यबाहक राष्ट्रपतिमा पुनस्थापित भएका छन्। आज दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनस्र्थापित गरेको हो। 

कोरियाली अदालतले राष्ट्रपति युन सुक योओलमाथिको महाभियोगबारे भने अझै फैसला गरेको छैन। हान मार्सल ल लागू गर्ने पूर्वराष्ट्रपति युनको सहयोगी नभएकाले उनको मुद्दामा भने फरक मत आउने अपेक्षा गरिएको छ। 

आज अदालतको फैसलाले भने युनका कट्टर समर्थकलाई अझै पनि उत्साहित बनाउने र विपक्षीमाथि उनीहरूको राजनीतिक आक्रमण बढ्न सक्ने देखिएको छ।

युनले ३ डिसेम्बरमा अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि संसद्ले महाभियोग पारित गरेको थियो। त्यसपछि हान कार्यवाहक राष्ट्रपति बनेका थिए। तर विपक्षी सांसदहरूसँगको राजनीतिक कलहपछि डिसेम्बरको अन्त्यमा उनीमाथि पनि महाभियोग लगाइएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु