शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

बुधबार १९ चैत्र, २०८१ nepalexplores 1447


मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

२० चैत, काठमाडौं । 
मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै चैती मनाउछन्।

भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए।

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ। यसदिनमा व्रतालु महिला खरना पर्व मनाइसके पछि राति आफूले भने अरवा अरबाईन (विना नुन हालेको) खानेकुरा खीर, पुरी, केरा लगायत खाने गर्दछन्।

खर्नाका दिन मिथिलानी व्रतालुहरु दिनभरि निर्जल एवं निराहार उपबास बसेर साँझपख घर घरमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई चैती छठ पर्वको निमन्त्रण दिनुका साथै प्रसाद (नेउज) चढाउने चलन रहेको जनाएका छन्।

चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत भारतीय भूभागमा पर्ने सम्पूर्ण मिथिलाञ्चलभरि धुमधामका साथ चलिरहेको छ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताएका छन्। चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु