शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

कैलाली भन्सार कार्यालयद्वारा चालु आर्थिक वर्षमा ७ अर्ब बढी राजस्व सङ्कलन

बुधबार ४ असार, २०८२ nepalexplores 1438


कैलाली भन्सार कार्यालयद्वारा चालु आर्थिक वर्षमा ७ अर्ब बढी राजस्व सङ्कलन

४ असार, काठमाडौं ।
कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब बढीको राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्षको ११ महिनामा भन्सार कार्यलयाले रु.७ अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको जानकारी दिएका हुन्। कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य शीर्षकबाट राजस्व सङ्कलन गरेको जनाएको छ।

भन्सार महसुलतर्फ रु दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ रु १९ करोड ५१ लाख र अन्यतर्फ रु एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ।

चालु आर्थिक वर्षको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ।

त्यसै गरी माघमा रु ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड ८० लाख, वैशाखमा रु ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ। आर्थिक वर्षमा भन्सार कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु