शनिबार ९ श्रावण, २०८३ (Saturday July 25, 2026)

बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्र चौरीखर्कमा पर्यटक बढ्दो

बिहीबार ९ श्रावण, २०८२ nepalexplores 1601


बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्र चौरीखर्कमा पर्यटक बढ्दो

८ साउन, काठमाडौं ।
बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्र चौरीखर्कमा पर्यटक बढ्न थालेका छन्। 

समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित रहेको ठाउँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि पर्यटकको केन्द्र बन्दै गएको छ।

रगीचंगी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन्। बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठला, भेडा डुल्ने भेडीगोठ र उत्तरतर्फ फैलिएका हिमशृङ्खला पर्यटकका लागि आकर्षक बनेको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्ने देखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेको जनाएकाे छ।

लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरु वर्खाको समयमा चौरीखर्क आउने गर्छन्।

पर्यटकलाई लक्षित गरी अघिल्लो वर्ष पदमार्ग निर्माण भए पछि वर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फूल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ गोठाला नमसिंह गुरुङले बताएका छन्।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु